बजेटको तयारी गर्नेबेला अर्थमन्त्री बाहिरीने

४ बर्ष अगाडि

आगामी आर्थिक वर्षको लागि बजेट ल्याउने तयारीको समयमा अर्थमन्त्री डा. युवराज खतिवडा बाहिरिने भएका छन् । 

राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित भएका खतिवडाको सांसदको पदावधि सकिएपछि उनी मन्त्रीपदबाट बहिर्गमनमा पर्ने भएका हुन् । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यक्तिमध्येबाट राष्ट्रियसभाका सांसद बनेका उनी २०७४ फागुन १४ मा अर्थमन्त्रीमा नियुक्त भएका थिए। 

अर्को कार्यकालका लागि मनोनित भए अर्थमन्त्री रहनसक्ने भएपनि नेपाल कम्युनिष्ट पार्टीले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसदमा लैजाने निर्णय गरेपछि त्यो सम्भावना टुंगिएको छ ।  

उनको पदावधि फागुन २० गते सकिँदै छ । तर पदावधि सकिएको तीन महिनासम्म पनि पदमा रहनसक्ने संवैधानिक व्यवस्था छ। 

जेठ १५ मा ल्याउनुपर्ने आगामी आर्थिक वर्षको बजेटको तयारी शुरु गर्ने समय भएको छ । तर बजेटको तयारीमा लाग्नुपर्ने बेला अर्थमन्त्री खतिवडाको बहिर्गमनको तयारी हुने भएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया