नागरिक लगानी कोष ऐन संसोधन विधेयकमा अर्थसमितिको प्रतिवेदन पेश

४ बर्ष अगाडि

नागरिक लगानी कोष ऐन २०४७ संसोधन गर्नका लागि अर्थसमितिले तयार पारेको प्रतिवेदन संसदमा पेश भएको छ । 

अर्थसमितिका सभापति कृष्ण प्रसाद दाहालले दफावार छलफल पछि तयार पारेको उक्त प्रतिवेदन संसदमा पेश गरेका हुन् । 

राष्ट्रिय सभाबाट पारित भएको उक्त प्रतिवेदन प्रतिनिधिसभामा पेश भएपछि २०७६ भदौ १० गतेको संसद बैठकले दफावार छलफलका लागि अर्थसमितिमा पठाएको थियो । 

माघ १३ गतेदेखि अर्थसमितिमा दफावार छलफल भएपछि पछि समितिले माघ १६ मा प्रतिवेदन तयार पारेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया