सेयर बजारमा फेरी नयाँ रेकर्ड : ४ अर्बको कारोबार, १६०० अंक नजिक नेप्से

४ बर्ष अगाडि

आज नेप्सेको कारोबारमा फेरी नयाँ रेकर्ड बनेको छ । 

बुधबार इतिहासकै सबै भन्दा धेरै ४ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबारका साथ नेप्सेमा नयाँ रेकर्ड बनेकाे हो । 

त्यस्तै, ३३ महिना पछि नेप्से परिसूचक आज १६०० अंककाे नजिक पुग्याे ।  

कारोबार शुरू १५४५.१९ अंकबाट शुरूभएकाे नेप्से कारोबारको अन्तिम समयमा पुग्दा ५०.९३ अंकले उकालो लागेर १५९६.१३ अंकमा पुगेको हो । 

आज नेप्सेमा १८० कम्पनीको ९९ लाख कित्ता शेयर खरिद बिक्री भएको छ ।  

साथै आज सेन्सेटिभ परिसूचक पनि ९.४९ अंकले उकालो लागेको छ ।

पछिल्लाे समय लगानीकर्ताहरु निकै सक्रिय हुँदा निरन्तर कारोबार रकम र नेप्से सूचक दोहोरो अंकले माथि लागेको छ ।

करिब ४२ महिनासम्म निरन्तर बजार तल झर्दा खरबौं रुपैयाँ गुमाएका लगानी कर्ता अहिले खुसी भएका छन् । 

 अर्थमन्त्रीबाट युवराज खतिवडा बाहिरिने चर्चा, बैंकहरुको घट्दाे ब्याजदर, प्रविधिमैत्री बजार, अनलाइनका कारण कारोबार गर्न सजिलो हुनु लगायतका कारण लगानीकर्ता अत्याधिक उत्साहित देखिएका छन् ।

थिए ।

एकातिर वाणिज्य बैंकहरुको भाउ बढ्दा सर्किट लाग्ने अवस्था नै हाे की भन्ने अवस्था देखिएकाे छ भने म्युचुअल फन्ड सञ्चालन गर्न पाउने खबरले पनि बिमा समूहकाे काराेबार पनि बढेकाे छ ।

बुधबार २१ करोड ९९ लाख रुपैयाँको कारोबार गर्दै नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहकाे छ भने शिवम् सिमेन्ट्स र  नेपाल बैंक क्रमशः दाेस्राे र तेस्राेमा परेका छन् ।

 


 

४ बर्ष अगाडि

प्रतिक्रिया