तेह्रथुमको बुकुरोबाट काठमाडौंमा महल कसरी बन्यो, छानविन गरौँ  : डा. भट्टराई

४ बर्ष अगाडि

पूर्व प्रधामन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू लगायत सबै शिर्ष नेताको सम्पत्ती छानविन गर्न माग गरेका छन् । 

बुधबार संसद बैठकमा विशेष समय लिएर बोल्दै भट्टराईले लगायत सबैको सम्पत्ति छानविन हुनुपर्ने बताए । 

उनले जनलोकपाल बनाएर भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न पनि माग गरे । ‘प्रधानमन्त्रीज्यूको तेह्रथुमको बुकुरो घरबाट काठमाडौंमा महल कसरी भयो ?’ डा. भट्टराईले भने, ‘अर्काले दिएको चप्पल लगाउने हामी नेताहरु कसरी चिल्लो कारमा हिँडेका छौं ? हामी सबैको सम्पति छानविन हुनुपर्छ।’ 

पूर्व प्रधानमन्त्री भट्टराईले संविधान संसोधन गरेर कार्यकारी निर्वाचित राष्ट्रपति, जनलोकपालको व्यवस्था लगायतका विषय समावेश गर्नुपर्ने पनि बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया