पारसलाई महिन्द्राले दियो ५० लाखको गाडी

४ बर्ष अगाडि

नेपाली क्रिकेटर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्कालाई महिन्द्रा कम्पनीले ५० लाख ७५ हजारको गाडी दिएको छ । 

नेपालमा महिन्द्राको आधिकारीक बिक्रेता अग्नि इन्कर्पोरेटले ब्राण्ड एम्बेसडर नियुक्त गर्दै उनलाई एक्युभी ३०० को ‘डब्लु ८’ भेरियन्ट गाडी दिएको हो । 

काठमाडौंमा एक कार्यक्रमका बिच अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले पारसलाई गाडीको चावी हस्तान्तरण गरे ।

ब्रान्ड एम्बेसडरका रुपमा नियुक्त भएपछि खड्काले महिन्द्रा आकर्षक, सुरक्षित र स्तरीय पर्फर्मेन्स भएको गाडी भएको प्रतिकृया दिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया