टाटाका स्कुल बस खरिद गर्दा यति धेरै आकर्षक उपहारहरु

४ बर्ष अगाडि

काठमाडौं– टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले नयाँ उपभोक्ता योजना बजारमा ल्याएको छ ।

यस योजना अन्र्तगत टाटा ब्राण्डका स्कूल बसको खरिदमा एक लाख नगद छुट सहित सोटी ५५ इन्चको एलइडी स्मार्ट टिभी, सामसङ्ग नोट१० मोबाइल, म्याकबुक एयर ल्यापटप, क्यानन प्रोजेक्टर र थ्री इन वान प्रिन्टर मध्ये कुनै एक उपहार स्वरुप प्राप्त गर्न सकिने छ । 
 
यस योजनाले आफ्ना ग्राहकवर्गको वदलिदो ईच्छा र अकांक्षालाई पुरा गरि टाटा स्कूल बसलाई नेपाली बजारमा आफ्नो छुट्टै छबि बनाउन सहयोग गर्ने कम्पनीको विश्वास छ । यी बसहरु विद्यार्थीहरुको सुरक्षा, सुविधा र आरामलाई विशेष ध्यान दिएर निर्माण गरिएको कम्पनीले बताएको छ । 


कम्पनीको अनुसार टाटा स्कूल बसले नेपाल सरकारद्वारा प्रतिपादित विद्यालय बस सम्वन्धि सुरक्षा नियम र मापदण्डको पूर्ण पालना गरेको छ । एसी र नन एसीको व्यवस्था सहित यि बसहरु १४, १८, २०, २६, ३६, ४०, ४६, ५० र ५५ सिट क्षमताका विभिन्न मोडलहरुमा उपलव्ध छन् । उच्च प्राविधिक विशेषताले सम्पन्न यी बसहरुको लामो आयुको अतिरिक्त उत्कृट पूनः बिक्री मूल्य भएको पनि कम्पनी बताएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया