राष्ट्रिय वाणिज्य बैंकद्वारा काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग

४ बर्ष अगाडि

काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ किओचलाई अस्पताल भवन निर्माणको लागि ५० लाख रूपैंया आर्थिक सहयोग प्राप्त भएको छ ।

उक्त रकम राष्ट्रिय वाणिज्य बैकं लिमिटेडले संस्थागत सामाजिक  उत्त्तरदायित्व अन्तर्गत प्रर्दान गरेको हो ।
एक कार्यक्रमकाक बिच  बैंकका संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले ५० लाख रूपैंयाको चेक किओचका संस्थापक अध्यक्ष प्रा।डा।भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन् । 

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया