एभरेष्ट बैंकका ग्राहकहरुलाई यी दुई होटलमा विशेष छुट

४ बर्ष अगाडि

एभरेष्ट बैंकका ग्राहकहरुले काठमाण्डौ र नेपालगञ्जका दुई होटलमा १० प्रतिशत छुट पाउने समझौता भएको छ ।

ग्राहकहरुले काठमाण्डौको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको सोल्टी वेस्टइन्ड प्रिमियरमा छुट पाउने व्यवस्था मिलाइएको हो ।

काठमाडौंमा अवस्थित  सोल्टी क्राउन प्लाजा प्रदेश नं।३ को पाँच तारे होटल हो र नेपालगञ्जमा अवस्थीत सोल्टी वेस्टइन्ड प्रदेश नं। ५ को पाँच तारे होटल हो ।
एम्ओयुमा हस्ताक्षर भएअनुसार एभरेष्ट बैंकका ग्राहकले निर्धारित मुल्यमा १०५ छुट प्राप्त गर्नेछन् ।

उक्त सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम वा क्रेडिट कार्डमार्फत छुट प्राप्त गर्नेछन् ।

बैंकले ९५ स्थानिय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएम बाट   सेवा दिदै आएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया