सिप्रदीले स्कूलबसमा १ लाख नगद छुट दिने

४ बर्ष अगाडि

सिप्रदी ट्रेडिङ्गले स्कूल बस खरिदमा १ लाख नगद छुट दिने योजना सार्वजनिक गरेको छ । 

नयाँ उपभोक्ता योजना अन्तर्गत सिप्रदीले १ लाख नगद छुट दिने घोषणा गरेको हो । 

सिप्रदी टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता हो । 

नगद छुट सहित उसले विभिन्न उपहार योजना समेत ल्याएको छ । 

जस अनुसार ५५ इन्चको एलइडी स्मार्ट टिभी, सामसङ्ग नोट १० मोबाइल, म्याकबुक एयर ल्यापटप, क्यानन प्रोजेक्टर र थ्री इन वान प्रिन्टर मध्ये कुनै एक उपहार टाटाको बस खरिद गर्नेले पाउने जनाइएको छ । 

ग्राहकवर्गको वदलिदो ईच्छा र अकांक्षालाई पुरा गरि टाटा स्कूल बसलाई नेपाली बजारमा आफ्नो छुट्टै छबि बनाउन याे याेजनाले सहयोग गर्ने कम्पनीको विश्वास छ ।

टाटा स्कूल बसले नेपाल सरकारद्वारा प्रतिपादित विद्यालय बस सम्वन्धि सुरक्षा नियम र मापदण्डको पूर्ण पालना गरेकोले यी बसहरु विद्यार्थीहरुको सुरक्षा, सुविधा र आरामलाई विशेष ध्यान दिएर निर्माण गरिएको कम्पनीकाे दावी छ । 

एसी र नन एसीको व्यवस्था सहित यि बसहरु १४, १८, २०, २६, ३६, ४०, ४६, ५० र ५५ सिट क्षमताका विभिन्न मोडलहरुमा उपलव्ध छन् । उच्च प्राविधिक विशेषताले सम्पन्न यी बसहरुको लामो आयुको अतिरिक्त उत्कृट पूनः बिक्री मूल्य भएको पनि कम्पनी बताएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया