सिटिजन्स बैंकद्वारा बिद्यालयलाई ८० हजार आर्थिक सहयोग

४ बर्ष अगाडि

संस्थागत सामाजिक  उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक बिद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले बर्दिवास नगरपालिकाको वार्ड नं ३, भब्सी, महोत्तरी स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय भब्सीलाई ८० हजार आर्थिक सहयोग  गरेको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई  सेवा दिदै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया