सडकै अबरुद्ध हुने गरी हिउँदे वर्षा, बर्दिवास–जलेश्वर सडक बन्द

फागुन १४, २०७६ | आजको अर्थ
ajaako_artha

महोत्तरीको जिल्ला सदरमुकामसँग पूर्वपश्चिम राजमार्ग जोड्ने बर्दिवास–जलेश्वर सडकमा पछिल्लो वर्षाले यातायात अवरुद्ध भएको छ । 

४२ किलोमीटर दुरीको स्तरोन्नतिको काम थालिएको सडक मङ्गलबार साँझ परेको पानीले हिलाम्य भएपछि यातायातका साधन चल्न नसकेको हो । 

 सडकको स्तरोन्नतिका लागि माटो भर्ने क्रम चलीरहेका बेला वर्षा हुँदा चिम्ट्ययाइलो माटो हिलाम्य भएको हो । 

हिलाम्य सडकमा आज बिहानैदेखि सार्वजनिक यातायातका साधन बस, जिप, टेम्पु र अन्य साधन चल्न सकेका छैन ।

दिनहुँ सयौं सवारी साधनको बाक्लो आवागमन हुने सडकमा यातायात ठप्प भएपछि जिल्लाको उत्तरीक्षेत्रका बासिन्दा सदरमुकाम जलेश्वर पुग्न जनकपुरधाम भएर घुमेर लामो बाटो जानु परेको छ । जिल्लाका अन्य ग्रामीण सडक पनि हिलाम्य भएका छन् । 

मङ्लबार परेको पानीले सम्सी, रामगोपालपुर, गौशाला, औरही, मटिहानी र मनराशिशवासहितका स्थानमा सञ्चालित इँटा उद्योगमा कच्चा इँटा गलेर लाखौंको नोक्सानी भएको छ ।

आज पनि बिहानैदेखि छिनछिनमा पानी परीरहेको छ । वर्षाका कारण यस क्षेत्रको तापक्रम ह्वात्तै घटेको छ ।   

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२०.६८१२१.२८
European Euro१३३.३७१३४.०३
UK Pound Sterling१४९.७२१५०.४७
Swiss Franc१२६.१०१२६.७३
Australian Dollar७३.९६७४.३२
Canadian Dollar८५.३१८५.७४
Singapore Dollar८४.५७८४.९९