सात महिनामा १४ अर्बका मोबाइल नेपाल भित्रिए

४ बर्ष अगाडि

नेपालमा चालु आर्थिक वर्षको ७ महिनामा १४ अर्ब रुपैयाँ बराबरका मोवाइल सेट भित्रिएका छन् । 

साउनदेखि माघसम्म विभिन्न देशबाट ३३ लाख मोबाइल सेट भित्रिएको र त्यसको मूल्य १४ अर्ब पर्ने तथ्यांकले देखाएको छ । 

मोबाइल व्यवसायी सङ्घका अध्यक्ष पुरुशोत्तम बस्नेतका अनुसार  पहिला ५ प्रतिशत रहेको भन्सार दर चालू आवबाट २.५ झरेकोपछि मोवाइल आयात बढेको हो ।  छ। 

अघिल्लो आर्थिक वर्ष सात महिनामा २६ लाख ३५ हजार थान अर्थात अहिलेभन्दा ३० प्रतिशत कम मोवाइल भित्रिएका थिए । 

नेपालमा चीन, भियतनाम, भारत लगायतका देशबाट बढी फोन भित्रने गरेका छन् । 

पछिल्लो समय ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थाले पछि विकट क्षेत्रमा पनि मोबाइल सेवाको प्रयोगकर्ता बढेको जनाइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया