पानीले  १५ करोडको इँटामा क्षति

४ बर्ष अगाडि

तीन दिनदेखि परेको वर्र्षाका कारण जिल्लाका इँटा उद्योगमा रु १५ करोड बराबरको क्षति भएको छ । 

यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाइएका  कांँचो इँटामा ठूलो क्षति पुगेको हो ।

इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार यो समय इँटा बनाउनका लागि उपयुक्त समय भए पनि भारी वर्र्षाका कारण कुनै इँटा काम नलाग्ने गरी क्षति भएको  हो ।

 वास्तविक तथ्याङ्क आइनसकेको भए पनि अनुमानित रु १५ करोड बराबरको क्षति भएको उहाँले जानकारी दिए।

 अहिलेको वर्र्षाका कारण जिल्लामा रहेका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । जिल्लामा १८ वटा इँटा उद्योग रहेका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया