साझा पार्टीको राष्ट्रिय भेला आजदेखि लुम्बिनीमा

४ बर्ष अगाडि

काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको राष्ट्रिय भेला बिहीबारदेखि लुम्बिनीमा सुरु हुँदैछ ।

फागुन १७ गतेसम्म चल्ने भेलामा देशका सातै प्रदेश तथा विदेशस्थित सद्भाव समूहकासमेत गरी करीब पाँच सय अगुवा सदस्य सहभागी हुने सो पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।

 “साझा पार्टी फरक धार, नयाँ उर्जा संगठन र विचार” नारा दिईएको राष्ट्रिय भेलाले पार्टी स्थापनायताको अनुभव, सिकाइ, उपलब्धिहरूलाई रक्षा गर्दै तिनको जगमा अझ अगाडि जाने र आगामी एक बर्षभित्र पार्टीलाई नयाँ राजनीतिक उचाइ दिने गरी रणनीतिक र सांगठनिक कार्ययोजना तय गर्ने आचार्यले जानकारी दिए । 
भेलाको पहिलो दिन आज दिउँसो तीन बजेपछि उद्घाटन सत्र सुरू हुनेछ।

आजै साँझ सात बजे केन्द्रीय समितिका सम्पूर्ण सदस्य र भेलाका सबै सहभागी सदस्यहरूले मायादेवी मन्दिरमा शान्ति दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

 यस्तै दोस्रो दिन शुक्रबार समूहगत प्रस्तुती र छलफल हुनेछ भने तेस्रो तथा अन्तिम दिन शनिवार समूहगत छलफलमा उठेका प्रश्नहरुको जवाफ केन्द्रीय नेतृत्वले दिनुका साथै साझा पार्टीको रणनीति र कार्ययोजना पारित गरी लुम्बिनी घोषणापत्र जारी गर्दै भेला समापन आचार्यले बताए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया