बीमा कम्पनीले डेटा सेन्टर स्थापना गर्नुपर्ने

४ बर्ष अगाडि

काठमाडौं – बीमा कम्पनीले अब फिजिकल डेटा सेन्टर स्थापना गर्नुपर्ने भएको छ । कम्पनीको डेटालाई भण्डारण तथा सुरक्षित गर्न क्लाउड डेटा सेन्टरको व्यवस्था गर्नुपर्ने भएको हो । 
बीमा समितिले हालै जारी गएको बीमकको सुचना प्रविधि मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । साथै, कम्पनीले डेटा सेन्टरको विपद् व्यवस्थापनको व्यवस्था पनि गर्नपर्ने मार्गदर्शनमा उल्लेख छ । 
बीमकले आफैले डेटा सेन्टर सञ्चालनमा गर्न नसके नेपालमा दर्ता भइ नेपालभित्र नै सञ्चालनमा रहेका सेवा प्रदायक कम्पनीसँग डेटा सेन्टरको व्यवस्था गर्न सक्ने व्यवस्था पनि गरिएको छ । 
कम्पनीले डेटा सेन्टर विपद् व्यवस्थापन गर्न आफ्नो केन्द्रीय कार्यलय रहेको भन्दा अन्य प्रदेशमा डेटा सेन्टरको व्याकअप राख्नुपर्ने बताइएको छ । यस्तै, बीमकले आफ्नो कोर एप्लीकेशन सर्भर केन्द्रीय कार्यलयमै राख्नुपर्ने छ । तर, विदेशी बीमकको शाखा कार्यालयको हकमा एप्लीकेसन सर्भर केन्द्रीय कार्यालय वा मुख्य शाखा कार्यलयमा राख्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया