नेपाल प्रहरीको एआईजीमा तीनजनाको नाम सिफारिस

फागुन १५, २०७६ | आजको अर्थ
ajaako_artha

नेपाल प्रहरीको रिक्त रहेको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा तीन जनाको बढुवा सिफारिस भएको छ ।

गृह मन्त्रालयले रिक्त रहेको पदमा डीआईजीत्रस तारणी लम्साल, शैलेश थापा क्षेत्री र हरि पालको बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिले लम्साललाई एक नम्बर, थापालाई दुई नम्बर र हरि पाललाई तेस्रो नम्बरमा राखेर बढुवा सिफारिस गरेको हो । अब उनीहरुमध्येबाटै एक जना नयाँ आईजीपी बन्ने निश्चित भएको छ ।

नेपाल प्रहरीको एआइजीमा बढुवाका लागि ६ जना डिआइजीबीच प्रतिस्पर्धा देखिएको थियो ।

जसमा सुर्य उपाध्याय प्रद्युम्न कार्की र निरजबहादुर शाहीपनि थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८