३८ औं मगर दिवसमा मगर खानाको परिकार बिक्री

४ बर्ष अगाडि

३८ औं मगर दिवसको अबसरमा गुल्मीको सदरमुकाम तम्घासमा मगर खानो बिक्री गरिएको छ । 

स्थानीय मगर परिकारको प्रवद्र्धनका लागि मगर खाना तथा अन्य परिकारको बिक्री गरिएको नेपाल मगर महिला संघका जिल्ला अध्यक्ष सिता थापाले बताइन् । 

‘यसबाट आम्दानी भन्दा पनि मगर परिकारको प्रवद्र्धन गर्ने हाम्रो उद्धेश्य हो’, उनले भनिन् । 

सदरमुकाम तम्घास लगायत विभिन्न स्थानमा मगर स्थापना दिवसका अबसरमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रमहरुमा मगर खानाका परिकारहरुको राम्रो प्रवद्र्धन भएको उनले बताइन् । 

सो अबसरमा मगर भेषभुषा,सास्कृतिक नाचगान समेत प्रदर्शन गरिएको थियो । 

सदरमुकाममा भएको कार्यक्रम नेपाल मगर महिला संघ ,मगर बिद्यार्थी संघ र नेपाल मगर संघ द्वारा संयुक्त रुपमा आयोजना गरिएको थियो ।

गुल्मी जिल्लाका सबै गाउँपालिकाको सहभागिता रहेको कार्यक्रममा मगर खानाको बिक्री ,घाटु नाच,पन्चे बाजा र कौडा नाच समेत समावेस  गरिएको संघका पूर्व केन्द्रीय सदस्य भबिन्द्र घर्ती मगरले बताए । 

त्यस्तै गुल्मी दरबार गांउपालिकामा आयोजित मगर दिवसको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संघकाे केन्द्रीय उपाध्यक्ष बालसिहं काउछाले सामाजिक सद्भाव र मेलमिलाप कायम राख्न सबै जिम्मेवार बन्नुपर्ने बताए । 
उनले आफ्नो भाषा संस्कृतिको संरक्षणमा एकवद्ध हुन सबै मगर जातिहरुलाई आह्वान समेत गरे । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया