साउदीमा पहिलो पटक बलिउड फिल्म रिलिज

५ बर्ष अगाडि

विश्वका मुस्लिम देशहरुमा सबैभन्दा कठोर कानुनी व्यवस्था भएको देश साउदी अरब मानिन्छ । पछिल्लो समय महिलाहरुका लागि केही मुद्धामा खुकुलो निती ल्याएपनि साउदीको हैकमको बारेमा जगजाहिर नै छ । साथै साउदीमा सिनेमा हलमा पनि व्याण्ड हटेपछि साउदीमा पहिलो पटक बलिउड फिल्म रिलिज गरिएको छ ।

इतिहासमै पहिलो पटक साउदीमा अक्षय कुमार र मौनी राय स्टारर फिल्म ‘गोल्ड’ रिलिज भएको छ । यसरी अक्षयको फिल्म नै साउदीमा पहिलो पटक रिलिज हुन पाएको बलिउड फिल्म बन्न सफल भएको छ । गत अगस्ट ३० मा सिनेमा हलमा फिल्म रिलिज गरिएको हो ।
राम्रो प्रशंसाकाबीच ‘गोल्ड’ ले बलिउडमा भने १०० करोड क्लबमा प्रबेश गरिसकेको छ भने अझै पनि ‘गोल्ड’ ले दर्शकहरुको राम्रो साथ पाईरहेको छ ।

अक्षय कुमारले ट्वीटरमाफर्त यसको बारेमा जानकारी दिँदै आफनो फिल्म साउदीमा रिलिज हुन लागेकोमा खुसी व्यक्त गरेका छन् । त्यसोत गोल्ड भन्दा अघि रजनीकान्तको ‘काला’ फिल्म पनि रिलिज हुन लागेको थियो तर रिलिज हुन नपाउँदै सिनेमा घरमा साउदी सरकारले व्याण्ड गरिएको थियो ।

स्मरण रहोस साउदीमा सिनेमा घर सञ्चालन भएपनि ३५ बर्षंदेखि व्याण्ड हुँदै आएको थियो । जुन २०१८ अप्रिल १८ मा बन्देज फुकुवा गरेको थियो तर कट्टरपन्थीहरुको चर्को दबाब र बिरोधको कारण पुन सिनेमा घरमा बन्देज लगाईएको थियो । पुन बन्देज हटेपछि हलिउड फिल्म ‘व्ल्याक प्यान्थर’ रिलिज भएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया