मिर्गौला प्रत्यारोपण गर्नु अघिको मन्त्रिपरिषद् बैठक, गौतम र खतिवडा विशेष एजेन्डा

सोमबार, १९ फागुन २०७६, ०९ : ३३

अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

मिर्गौला प्रत्यारोपणका लागि उनि आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुन लागेका छन् ।

उनी भर्ना हुनु अघि आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।आज बस्ने  बैठकले  राष्ट्रिय सभा सदस्यको मनोनयन बारे टुंगो लाग्ने  बताइएको छ ।

यस अघि राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री डा। युवराज खतिवडाको ठाँउमा बामदेव गौतमलाई मनोनयन गर्ने नेकपा सचिवालय बैठकले निणर्य गरेको थियो । 

उक्त बैठक पश्चात प्रम ओलीले बामदेव गौतमलाई कुनै हालतमा  राष्ट्रिय सभा सदस्य नबनाउने अडान राख्दै आएका छन् । यसै विषयलाई लिएर अहिले नेकपामा विवाद चर्किरहेको छ ।

अर्थमन्त्री खतिवडाका  राष्ट्रिय सभा सदस्यको अवधी  फागुन २० गते सकिदै छ । संवैधानिक प्रावधान अनुसार संघीय संसद्को सदस्यता नभएको व्यक्ति समेत ६ महिना मन्त्री हुन पाउने व्यवस्था रहेको छ ।  

प्रधानमन्त्रीले अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिन चाहेकाले उनी पुनः अर्थमन्त्री सिफारिस हुन् सक्ने देखिएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार गर्ने तयारी भइरहेको छ ।

सोमबार, १९ फागुन २०७६, ०९ : ३३

प्रतिक्रिया