यातायात व्यवस्था विभागले सवारी चालक अनुममति पत्र (लाइसेन्स) को अनलााई फारम भर्ने तरिका परिवर्तन गर्ने भएको छ ।
गएको माघमा प्रणाली ह्याक भएपछि समस्या समाधान गर्नका लागि विभागले भर्ने तरिकामा थोरै परिवर्तन गर्न लागेको हो ।
विभागले ‘वन टाइम पीन कोड’ (ओटिपी कोड) को व्यवस्था गरेर फारम भर्ने तरिका परिवर्तन गर्न लागेको हो ।
यस व्यवस्था अनुसार लाइसेन्सको अनलाइन फारम भर्दा ‘सिस्टम’ले स्वचालित रुपमा मोवाइलमा ओटिपी कोड पठाउने छ । त्यो कोड राखेपछि बल्ल फारम प्रकृया पुरा हुने छ ।
नेपालको साक्षरता दर कम हुँदा ओटिपी कोड लागू भएपछि केही झन्झटिलो हुने देखिए पनि ह्याकरहरुले आफुखुसी फारम भर्न भने पाउने छैनन् ।
हाल यस विषयमा सिस्टम परिर्वतनको काम भइरहेको विभागका आइटी निर्देशक श्रीचन्द्र शाहले बताए । यो परिवर्तित प्रणाली चाँडै सञ्चालनमा ल्याइने उनको भनाई छ ।
‘हामीले वान टाईम पासवर्ड कन्ट्रोल का लागि यो व्यवस्था ल्याउन लागेका हौं, एसएमएस मार्फत कोड आएपछि मात्र फारम पुरा हुनेछ,’ शाहले भने ।
उनले पहिल्यै जानकी टेक्नोलोजीसँग म्यासेजको सम्झौँता भएको र हाल म्यासेज संख्या बढाएर मात्रै यो सिस्टम लागु गरिने बताए ।
यसमा सेवाग्राहीको खर्च नहुने भएतापनि विभागका लागि एसएमएसको खर्च थपिने उनले जानकारी दिए ।
प्रतिक्रिया