अब सकडमै स्मार्ट लाइसेन्स जाँच हुने, ठाउँकाे ठाउँ कारबाही

४ बर्ष अगाडि

ट्राफिक प्रहरीले अव सडकमै स्मार्ट सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) जाँच गर्ने भएको छ । 

सरकारले लाइसेन्स जाँचका लागि ट्राफिक प्रहरीलाई लाइसेन्स जाँच गर्ने मेसिन उपलब्ध गराएपछि अब ट्राफिकले सडकमै लाइसेन्स जाँच गर्ने भएको हो । 

करिब साढे १२ लाख स्मार्ट लाइसेसन्स वितरण गरेको यातायात व्यवस्था विभागले त्यसको जाँचको लागि ४० वटा रिडर मेसिन  ट्राफिकलाई दिएको हो ।

अहिलेसम्म जम्मा दुइवटामात्र लाइसेन्स परीक्षण गर्ने मेसिन भएकोले ति मेसिन महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा राखिएको थियो । 

जसका कारण नक्कली लाइसेन्स पहिचान गर्न समस्या रहेकोले थप मेसिन उपलब्ध गराइएको यातायात व्यवस्था विभागमा महानिर्देशक गोगनबहादुर हमालले बताए । 

मेसिन आएपछि शंकास्पद लागेका लाइसेन्स बरामद गरेर बग्गीखानामा पठाउने समस्या अन्त्य भइ फिल्डमै पहिचान गरेर नक्कलीलाई कार्बाही गर्न सकिने हमालको भनाइ छ । 

धातुको चिप्समा चालक र सवारीसँग सम्बन्धित डाटाहरु स्टोर गरिने स्मार्ट लाइसेन्समा ट्राफिक प्रहरीले कारवाही भएको रकेर्ड पनि राख्ने गर्दछ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया