हुन्डाईको ब्यापारमा १०.३ प्रतिशतको गिरावट

४ बर्ष अगाडि

गाडी उत्पादक कम्पनी हुन्डाईको ब्यापारमा १०.३ प्रतिशतको गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा फेब्रुवरी महिनामा हुन्डाईका उत्पादन घटेको हुन्डाई मोटर्स इन्डिया लिमिटेडले विज्ञप्ती जारी गरेर जानकारी दिएको छ । 

सन् २०१९ को फेबु्रअरीमा ५४ हजार ५१८ एकाई उत्पादनहरु बिक्री गरेको हुण्डइले यो वर्ष भने ४८ हजार ९१० एकाई बिक्री गरको जनाएको छ । 

कम्पनीका अनुसार फेब्रुवरीमा हुन्डाईका उत्पादन घरेलु बजारमा ४३ हजार ११० युनिटबाट घटेर ४० हजार १० युनिटमा सीमित भएको थियो ।

जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा अर्थात ७।२ प्रतिशतले कमी हो ।

निर्यात पनि अघिल्लो वर्ष ११ हजार ४०८ रहेकोमा यस वर्ष सोही अवधिमा ८ हजार ९०० युनिट मात्र छ । यो अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले कमी हो ।
 
हुन्डाईका सान्ट्रो, ग्र्यान्ड आई १०, ग्र्यान्ड आई १० निओस, एलाईट आई २०, औरा, एक्ससेन्ट, भेर्ना, अलान्ट्रा, भेन्यू, क्रेटा, टक्सन, कोना इलेक्ट्रिकजस्ता उत्पादन बजारमा प्रसिद्ध मानिन्छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया