चीन सँग व्यापार रोकिँदा , नेपाली बजारमा कपडाको अभाव

४ बर्ष अगाडि

नेपाली बजारमा  चिनियाँ सामानहरूको आयात रोकिँदा बजारमा चिनियाँ कपडाको अभाव देखिन थालिसकेको छ ।

चीनमा कोरोना भाइरस संक्रमणको संख्या बढेपछि त्यसको  फैलावट रोक्न सरकारले पुष १७ मा रसुवागढी सीमा बन्द गरेको थियो । 

नाका बन्द भएपछि व्यापारीहरु लाई यसको प्रभाव धेरै परेको छ । नेपाली बजारमा चीनियाँ सामानको माग धेरै हुने भएकाले अहिले चीनबाट सामान आयात नहुँदा बजारमा सामानहरुको अभाव देखिन थालेको छ 

सीमा बन्द भएकोले हामीले चीनबाट कपडा आयात गर्न सकेनौं , सबै स्टकहरू खाली भइसक्यो, बजारले पहिरनको अभावको सामना गरिसकेको छ, थामल स्थित कपड़ा व्यापारी आलोक पौडेलले भने। 

चिनियाँ सिमाना फेरि कहिले खोल्नेछ भन्नेमा निश्चित छैन, बजारमा विभिन्न कपडाका ब्रान्डको अभाव देखा पर्दैछ न्यू रोड स्थित अर्का व्यापारी सम्भु आचार्यले भने।

व्यापारीका अनुसार नेपाली बजारमा ७० प्रतिशतभन्दा बढी कपडा चीनबाट आयात गरिन्छ। गत आर्थिक वर्ष  मा नेपालले चीनबाट २ खर्ब भन्दा बढीको कपडा आयात गरेको थियो।


चीन भारत पछि नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो। चालू आर्थिक वर्षको पहिलो  महिनामा नेपालले करोडौँ रुपैयाँको सामान चीनलाई निर्यात गरेको थियो भने सोही अवधिमा चाइनाबाट अर्बौँ रुपैयाँ बराबरको सामान आयात भएको थियो।
 

४ बर्ष अगाडि

प्रतिक्रिया