नेपालमा पहिलोपटक लिक्विड कुल्ड इन्जिन भएको  स्कूटर भित्रियो

४ बर्ष अगाडि

नेपालमा पहिलोपटक ‘लिक्विड कुल्ड’ इन्जिन सहितको स्कूटर भित्रिएको छ । 

यमाहा कम्पनीले उत्पादन गरेको नयाँ स्कुटर ‘एनम्याक्स १५५’ स्कुटर नेपाली बजारमा भित्रिएको हो हो । 

नेपाल स्थीत यामाहाको आधिकारिक वितरक  एमएडब्ल्युले नेपाली बजारमा पहिलोपटक भिभिए, एफआई, लिक्वीड कुल्ड इन्जिन रहेको स्कूटर भित्रिएको जनाएको छ । 

कम्पनीका अनुसार यो स्कुटरमा १ सय ५५ सीसी भिभिए, एफआई, लिक्वीड कुल्ड इन्जिन रहेको छ ।

जसले ८ हजार आपीएममा १४।८ पीएस पावर र ६ हजार आरपीएममा १३.५ एनएम टर्क दिन्छ । 

त्यस्तै एनम्याक्समा एलइडी लाइट सेटअप, पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, एबीएस, फ्रन्ट तथा रेयर डिस्क ब्रेकलगायत विशेषता रहेको छ ।

स्कुटरमा किकलेस स्टार्टको सुविधासमेत उपलब्ध रहेको छ । त्यस्तै एनम्याक्समा ६।६ लिटर क्षमताको इन्धन ट्यांकी रहेको छ ।

यसमा भिभिए इन्जिन, डबल डिस्क ब्रेक, डबल च्यानल एबीएस, स्ट्यान्ड सेन्सर, जस्ता उत्कृष्ट फिचर रहेको छ ।

यो स्कुटरको मूल्य ४ लाख ६० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यो स्कुटर नेपलभर रहेको यामाहाको शोरुमबाट ग्राहकले किन्न सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया