इरफान खान फिल्ममा फिर्ता हुँदै

५ बर्ष अगाडि

बलिउडका दिग्गज कलाकार मानिने इरफान खानले फिल्म निर्माता सुजित सरकारको पहिलो बायोपिक फिल्म ‘ऊधम सिंह’ मा अभिनयको अफर एक वर्ष अघि नै स्विकारेका थिए । त यसै वर्ष मार्चमा उनलाई क्यान्सर भएको पत्ता लागेपछि फिल्म रोकिएको थियो । इरफान अहिले लण्डनमा उपचार गराइरहेका छन् । उनको किमोथेरापीपश्चात् स्वास्थ्यमा सुधार आइरहेको पनि बताइएको छ ।

अब उनी ऊधम सिंहको रुपमा स्क्रिनमा देखिनका लागि निकै उत्सुक छन् । मुम्बई मिररका अनुसार इरफान सबैभन्दा पहिले सुजित सरकारको फिल्म ‘ऊधम सिंह’ का लागि सुटिङ गर्नेछन् र त्यसपछि मात्र अर्को कुनै प्रोजेक्टका लागि समय तोक्नेछन् ।

‘पिकू’ को फिल्मको सफलतापछि दुबै पुनः काम गर्न उत्सुक भएको बताइन्छ ।

सुजितले भने, ‘सबैजना इरफान ठूलो पर्दामा फिर्ता भएको हेर्न चाहन्छन् । इरफान हाम्रो समयको सबैभन्दा उत्कृष्ट कलाकारमध्येका एक हुन् । इरफानले चाँडै निको हुन् भन्ने मेरो चाहना छन् । ’

फिल्मबारे उनले भने, ‘यो फिल्ममार्फत म क्रान्तिकारी ऊधम सिंहको यात्रालाई देखाउन चाहन्छु ।’

५ बर्ष अगाडि

प्रतिक्रिया