महिला दिवसमा दराजको जागृति अभियानः सामान किन्दा १५ प्रतिशतसम्म छुट

४ बर्ष अगाडि

काठमाडौं –  अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले महिला सशक्तिकरणमा केन्द्रित विशेष “जागृति” अभियान सञ्चानल गर्ने भएको छ । यस अभियानको प्राथमिक उद्देश्य महिला विक्रेता तथा उद्यमीहरुको उत्पादनहरूको प्रचार गरी दराजको हजारौं ग्राहकहरुको बीच पुर्याउनु हो। अभियानको माध्यमबाट उठेको सम्पूर्ण आम्दानीको १०% हिस्सा “विमेन एक्ट” नामक एक महिला सशक्तिकरणमा आधारित गैरसरकारी संस्थालाई दिइनेछ। उक्त अभियान यहि मार्च ८ देखि मार्च १६ सम्म जारी हुनेछ ।

दराज सँग एकता देखाउँदै बैंक पार्टनर सनराइज बैंकले अन्तराष्ट्रिय महिला दिवसमा १५% वा रु. १,५०० सम्मको छूट दिने भएको छ । छूटको लाभ लिनका लागि ग्राहकहरूले उनीहरूको सनराइज बैंकको क्रेडीट÷डेबीट कार्ड मार्फत पूर्व भुक्तानी वा “प्रीपेमेन्ट्” गर्नुपर्नेछ । यस बाहेक, महिला फेशन, स्वास्थ्य र सौन्दर्य, र जीवनशैली उत्पादनहरूमा पनि अतिरिक्त छूट र अफरहरु रहेका छन् । साथै ग्राहकहरूले भाउचर मार्फत रु. १५० देखि रु. ३५० सम्मको छूट पनि पाउन सक्छन् ।
महिलाहरुमा उद्यमशीलताको विकास गर्न दराजले विशेष प्राथमिकता दिदै आएको छ । इकमर्स र विशेष गरी दराजले प्रस्तुत गरेको अनलाइन बजार मोडल महिला उद्यमीहरू तथा इच्छुक महिलाहरूका लागि कुनै पनि व्यवसाय सञ्चालन गर्न उपयुक्त प्लेटफर्म बनेको छ । दराजको सजिलो दर्ता प्रकृया र  निःशुल्क तालीमले यी महिला उद्यमीहरुलाई आफ्नै बलमा व्यवसाय सुरु गर्न शक्ति प्रदान गरेको छ ।
दराजले आफ्ना महिला विक्रेता र उद्यमीहरूका धेरै कथाहरू भीडीयोमा रेकर्ड पनि गर्दै आएका छ। उक्त भीडीयोहरुमा उनीहरूले आफ्नो संघर्ष, सफलता, उनीहरूको व्यवसाय मार्फत अन्य महिलाहरूलाई सशक्तिकरण गर्दै आएको र दराजले दिएको साथको बारे व्याख्या गरेको छन् । इच्छुक दर्शकहरूले दराजको यूट्यूब च्यानलमा उनीहरूका कथाहरू हेर्न सक्दछन्।
यस अभियानको मार्फत दराजले महत्वाकांक्षी महिलाहरुलाई आफ्नो उद्देश्य प्राप्त गर्न प्रोत्साहित गर्ने आशा गर्दछ किनकी अब समय आएको छ “नयाँ सोच, नयँ म” को। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया