यी ४ भिलेन जसले मच्चाए बबाल

५ बर्ष अगाडि

मुम्बई – यदि बलिउड फिल्मको ९० दशकको कुरा गर्ने हो भने सो समय रहेका भिलेनको जस्तो भूमिका सायदै आज कसैको देख्न सकिन्छ । 
आखिर ति को–को ?
लगभग १०० फिल्ममा भिलेनको भुमिका निर्बाह गरेका शक्ति कपुरले नकारात्मक भुमिकाबाट पनि दर्शकको मन जित्न सफल भए । पन्जावका बास्निदा उनको असली नाम सुनील कपुर हो । 
फिल्म घातकमा पसपर भिलेनका रोल निर्बाह गरेका डेनी भिलेन चरित्र बख्तावर सिंहको नामबाट पनि चिनिने गरेका छन् । भिलेन अभिनयबाट दर्शकको दिलमा राज गर्न सफल डेनी बलिउडका सफल भिलेन पनि हुन् ।


बलिउडमा मोगेम्बोको नामबाट जानिने अम्रीश पुरीका यो डाइलग बुढादेखि बच्चासम्मको मुखमा झुन्डिएको छ । मिस्टर इन्डिया चलचित्र रिलिज पछि अम्रीश पुरीले भारतीय चलचित्रको भिलेन प्रवित्तिमा अलग्गै हंगामा मच्चाए । पुरी अहिले जिवित छैनन् । तर उनले निर्बाह गरेको खलनायकी अभिनय दर्शकको दिल दिमागमा ताजै छ । 
बलिउडका सबैभन्दा चर्चित भिलेन पात्र गब्बर सिंह । सोले चलचित्रमा यो पात्र नहुदो हो फिल्म खल्लो लाग्थ्यो होला । यो चलचित्रको ‘कितने आदमी थे..’डाइलग सबैभन्दा हिट भएको थियो । उनले निर्बाह गरेको गब्बर सिंह पात्र बलिउड चलचित्रको इतिहासमा सबैभनदा अमर खलपात्र हो । यसको अलवा उनले कयौ चलचित्रमा भिलेनको भुमिका निर्बाह गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया