जोशीलाई सूचना चुहाएको भन्दै माछापुच्छ्रे बैंकका सिइयो श्रेष्ठ निकालिए

६ बर्ष अगाडि

काठमाडौं । नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत शसिन जोशीलाई सूचना चुहाएको भन्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठलाई वर्खास्त गरिएको छ ।
बाहिर भन्नलाई राजीनामा दिएको भनिएपछि माछापुच्छे्र बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बैंक सञ्चालक समितिले सूचना चुहाएको भन्दै वर्खास्त गरेको हो ।
आफ्नो कार्यकाल नसकिदै किन राजिनामा दिए भन्ने विषय बैंकिङ क्षेत्रमा चर्चाको विषय बनीरहेको छ । श्रेष्ठ  २०७३ असोज १७ गते चार वर्षका लागि सो बैंकमा नियुक्त भएका थिए ।
यता बैंक स्रोतका अनुसार श्रेष्ठ आजदेखि ‘फोर्स लिभ’मा रहेको जानकारी दिएको छ । स्रोतका अनुसार बैंकको सञ्चालक समितिको चर्को दवाव उनीमाथि परेको थियो । पछिल्लो समयमा बैंकका प्रमुख कार्यकारीहरुलाई बैंकका सञ्चालकले जसरी भएपनि पैसा जम्मा पार्न निर्देशन दिने र कार्यान्वयन नगरे हटाउने समेत गर्न थालेका छन् ।
बैंकमा नाफामुखी प्रवृत्ति एक पछि अर्को गर्दै हावी हुन थालेको छ । जसका कारण प्रमुख कार्यकारी अधिकृतहरुमाथि अनावश्यक दबाव पर्ने गरेको बताइन्छ ।
 
विनोद चौधरीको बैंक नबिलले कानुन मिचेर डेपुटी सिइओमा अनिल शाहलाई लगेका थिए । राष्ट्र बैंकको निर्देशनलाई लत्याएर चौधरीले राज्यको कानुन र विधिलाई समेत उल्लंघन गरेका छन् ।
राष्ट्र बैंकले लगाएको ‘कुलिङ पिरियड’को वर्खिलाप गर्दै अनिल शाहलाई नबिल लैजानु, नबिलका सिइयो शसिन जोशीलाई राजीनामा दिन लगाइनु र जोशीसँगै काम गरेका श्रेष्ठलाई माछापुच्छे्र बैंकबाट हटाइनुको कनेक्सन एक अर्कामा जोडिएको हुन सक्ने बैंक तथा वित्तीय क्षेत्रका जानकारहरुको भनाइ छ ।
नविल बैंक छोड्दै गर्दा तत्कालिन नबिल बैंकका सिइओ शशिन जोशीले आफ्नो फेस बुक स्टाटसमा बैंकिङ क्षेत्र व्यवसायिक होइन, व्पारिक भएको बताएका थिए । उनीहरु नापाmाका लागि मात्रै लालायित रहेको उनको स्टाटसको अर्थ सहजै बुझ्न सकिन्थ्यो ।
माछापुच्छ्रे व्यवस्थापनले श्रेष्ठलाई सूचना चुहाएको गम्भीर आरोप लगाएको छ । जोशीलाई बैंकको महत्वपूर्ण सूचना उपलब्ध गराएको र सार्वजनिक गरेको आरोप श्रेष्ठमाथि लागेको छ ।
अनुभवी बैंकरहरुलाई बैंक सञ्चालकहरुले धमाधम धपाउन थालेपछि अब बैंकिङ क्षेत्रमा अनुभवी र व्यवसायीक सिइओको खडेरी पर्ने संकेत देखिएको बताइन्छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया