अशोकसँग किन डराए दीपकराज गिरी ?

५ बर्ष अगाडि

काठमाडौं – तपाईँको चलचित्रको रिलिज डेट कहिले ? प्रायः निर्मातालाई यो प्रश्न राख्ने हो भने तुरुन्तै जवाफ पाउन सकिन्छ । फलानो दिन । तर अभिनेता दिपकराज गिरीले भने आफ्नो चलचित्रको रिलिज दिन तोक्न सकेका छैनन् । 
प्रसंग हो –केही दिन पहिले रिपोटर्स क्लब नेपालले गाईजात्राको अवसर पारेर आयोजना गरेको गाइजात्रे अन्तक्रिया कार्यक्रमको । जहाँ निर्माता समेत रहेका कलाकार दीपक राज गिरीले आफूले निर्माण गरेको पछिल्लो चलचित्र ‘छक्का पन्जा ३’को रिलिज मिति यो दिन भनेर भन्न सकेनन् । 
गाइजात्रे मन्तब्यका लागि कार्यक्रममा सहभागी दिपकले बोल्ने क्रममा केही ब्याङ्य प्रस्तुत गरेर दर्शक हसाउन सफल समेत भए । सोही क्रममा उनी माथि प्रश्न राखिएको थियो । तपाईँको चलचित्र ‘छक्का पन्जा ३’ कहिले लाग्छ । जवाफमा उनले भने दशैमा ।
दिपक जी भन्दिनुस् कुन दिन ? क्लबका अध्यक्ष धमलाले फेरि प्रश्न गरे । दीपकको जवाफ एउटै थियो –दशैमा लाग्छ । 
यस अगाडि ‘छक्का पन्जा’को दुई सिक्वेल सहित केही चलचित्र बनाएका दिपकले आफ्ना सबै चलचित्रको रिलिज दिन एक बर्ष अगाडिदेखि नै भन्दै आएका थिए । तर यो चलचित्रको रिलिज दिन भने उनले भन्न सकेन् । 
आखिर किन भन्न सक्दैन दिपक आफ्नो चलचित्रको प्रदर्शन मिति ? कार्यक्रममा सबैको चासोको बिषय थियो । मेरो छेउमै रहेका एक पत्रकार भने यो बिषयमा पूरै जानकार देखिए । दीपकले आफ्नो चलचित्रको रिलिज मिति भन्न नसक्नुको कारण निर्माता निर्देशक अशोक शर्मा रहेको उनले सुनाए ।
उनका अनुसार दीपक आफ्नो चलचित्र फुलपातीको दिन रिलिज गर्न चाहन्छन् । यहि दिन निर्माता निर्देशक अशोक शर्माले लामो समयपछि बनाएको चलचित्र ‘जय भोले’ लाग्दैछ । 
‘जय भोले’ रिलिज भयो भने प्रमुख हल उसले नै कब्जा गर्नेछ । दीपकको भागमा थोरै हल पर्नेछ । हल थोरै पाउने भएपछि चलचित्र रिलिज गर्ने नगर्ने दीपक अन्योलमा रहेका छन् । यस कारण पनि दीपकले आफ्नो चलचित्रको रिलिज डेट भन्न नसकेका हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया