डियो स्कुटर बीएस ६ मापदण्डमा, अटोमेटिक इन्जिन बन्द हुने फिचर

४ बर्ष अगाडि

नेपाली बजारमा सबैभन्दा सफल स्कुटर डियोको नयाँ जेनेरेशन मोडल उत्पादन सुरु भएको छ । 

होण्डा कम्पनीले डियोमा बीएस ६ मापदण्डमा आधारित इन्जिन सहितको नयाँ जेनेरेशनको उत्पादन शुरु गरेको हो । 

होण्डाले गत फेब्रुअरीमा सार्वजनिक गरेको नयाँ मोडल अनुसारको उत्पादन गरी बजारमा बिक्री थालेको छ । 

नयाँ मोडलको स्कुटरमा स्टायन लगायर राख्दा अटोमेटिक इन्जिन बन्द हुने फिचर उपलब्ध रहेको छ । जसले इन्धन बचाउन सहयोग पुग्ने जनाइएको छ ।

त्यस्तै टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन दिएको कम्पनीले जनाएको छ । जसले आरमादायी यात्राको लागि सघाउने दावी कम्पनीको छ ।

त्यस्तै १०९ सीसी क्षमताको एफआई इन्जिन जडान गरिएकोले यसले अधिकतम ८००० आरपीएममा ७.७९ पीएस पावर र ४७५० आरपीएममा ९ एनएम टर्क प्रदान गर्ने जनाइएको छ । 

डियोमा स्पीड, तेलले दिने माइलेजको जानकारी, औषत माइलेज, ट्रीप मिटर, ओडोमिटर, घडी, सर्भिस ड्यू इन्डिकेटर लगायतको जानकारी दिने इन्स्ट्रुमेन्ट कन्सोल जडान गरिएको छ ।

त्यस्तै स्कुटरमा नयाँ एलइडी डिएलआर र एलइडी हेडल्याम्प पनि दिइएको छ ।

स्कुटरको अगाडीको भाग फराकिलो बनाइ पानीको जार वा ग्यास लिण्डिर लगायतका सामान सजिलै बोकर हिड्न सकिने कम्पनीले जनाएको छ ।

पिउने पानी राख्न वा अन्य केही सामान राख्नका लागि अगाडी एउटा पकेट समेत बनाइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया