एन आई सी एशिया बैंकका ग्राहकलाई अकामा होटलमा विशेष छुट

४ बर्ष अगाडि

धुम्बाराहीको होटल अकामाले एनआईसी एसीया बैंकका ग्राहकलाई सेवा शुल्कमा २० प्रतिशत छुट दिने भएको छ । 

बैंक र होटलबीच भएको समझदारी अनुसार बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन् । 

आइतबार बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र होटलका महाप्रबन्धक राजु श्रेष्ठले सो समझदारीपत्रमा हस्ताक्षर गरे । 
बैंकका ग्राहक र कर्मचारीले एकसम्म सो छुट सुविधा लिन सक्ने जनाइएको छ । 
एनआईसी एसीया बैंकले ग्राहकलाई देशभरका २ हजार ४ सय भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिँदा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । 

मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एसियाले हाल ३१९ शाखा कार्यालय, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृतसुधिर नाथ पाण्डेले बताए । 

त्यस्तै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै  पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ

४ बर्ष अगाडि

प्रतिक्रिया