मोरक्कोले गर्याे सबै खेल गतिविधि स्थगित

४ बर्ष अगाडि

मोरक्को फुटबल महासंघले फुटबल सम्बन्धि सम्पुर्ण गतिविधि स्थगित गरेको जनाएको छ ।

विश्वमा महामारीको रुपमा फैलदो कोरोना भाईरसको कारण देखाउँदै मोरक्कोले अर्को सुचना जारी नभएसम्मका लागि सम्पुर्ण गतिविधिमा रोक लगाउने निर्णय गरेको हो ।

महासंघले पछिल्लो निर्णयले सबै प्रकारका फुटबल गतिविधि प्रभावित बनाउने बताएको छ ।

मोरोक्कोमा कोरोनाका १७ जना संक्रमित भेटिएपछि सो निर्णय गरिएको हो । कोरोनाकै कारण मोरोक्कोमा एक जनाको मृत्यु समेत भईसकेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया