अमेरिकाले रोक्यो भिषा, अब के होला अमेरिका जान लागेका ?

४ बर्ष अगाडि

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भाइभर्सिटी भिसा (डीभी) र गैर आप्रवासी भिसाका लागि नियमित अपोइन्टमेन्टहरु रद्द गरेको छ ।

 अमेरिकी दूतावासले सोमबार बिहान ११ः६ बजे जारी गरेको सूचना अनुसार तत्कालका लागि भिसा अपोइन्टमेन्ट रद्द गरेको जानकारी गराएको हो ।

सूचनामा जतिसक्दो छिटो भिसा सेवा पुर्नसञ्चालन गर्ने तर निश्चित समय तोक्न भने असमर्थ रहेको जानकारी दिएको छ ।

साथै जुन मुलुकमा एमआभी शुल्क भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका लागि मान्य हुने समेत सूचनामा उल्लेख छ , साथै कुनै कारणवश अति जरुरी तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्टका लागि अनुरोध गर्न समेत भनिएको छ ।

यसअघि अमेरिकाले कोरोना भाइरसको संक्रमण र जोखिम बढेसँगै अमेरिकामा संकटकाल घोषणा गरिसकेको छ । साथै युरोपलगायतका देशबाट अमेरिका भित्रनेहरुको भिसा समेत रद्द गराइसकेको छ ।

कोरोना भाइरसको संक्रमण बढेसँगै हाल विश्वव्यापी रुपमा यसको जोखिम बढेको छ । नेपालले पनि कैयन देशबाट आउने नागरिकको भिसा रद्द गरिसकेको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया