एनआईसी एशियाका ग्राहकहरूलाई हायात होटलमा छुट

४ बर्ष अगाडि

एनआईसी एशिया बैंकले ग्राहकहरुलाई काठमाडौंस्थित हायात रिजेन्सी होटलले १५ प्रतिशत छुट दिने भएको छ । 

बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई होटलले फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५% सम्म छुट दिने भएको हो ।
छुट उपलब्ध गराउन बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक श्री राजेश रामदासले समझदारीपत्रमा हस्ताक्षर गरे । 
बकैँले आइतबार मात्रै काठमाडौं होटल अकामा सगँ पनि सोहि प्रकारको समझदारी गरेको थियो ।
साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । यसैगरी ग्राहकहरुले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन ।

मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एसियाले ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ  ।

यस्तै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै  पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया