९ तला बन्यो धरहरा, १० औं तला ढलानको तयारी

४ बर्ष अगाडि

२०७२ को भुकम्पले  भत्किएपछि पुनर्निर्माण जारी रहेको धरहरा १० औं तला ढलानको तयारी भइरहेको छ ।

धरहरा निर्माण गरिरहेको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले यसै साता धरहराको १० औं तलाको ढलान हुने जानकारी दिए ।

निर्माणाधिन धरहराकाे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अवलाेकन गरि जानकारी लिएका छन् । 

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापासँगै सुन्धारा पुगेका ज्ञवालीले ज्ञवालीले पूर्व निर्धारित समयमा धरहरा  पुनर्निर्माण सम्पन्न गर्न निर्देशन दिए ।

उनीहरूले आज रानीपोखरी पुनर्निर्माणको अवलोकन गर्दै समयमै काम सम्पन्न गर्न निर्देशन दिए ।   

रानीपोखरी क्षेत्रको बालगोपालेश्वर मन्दिर तथा पुलको काम गरिरहेको निर्माण कम्पनी सीएरतुलसी कन्ट्रक्सन जेभीका शान्तकुमार श्रेष्ठले तोकिएको समयभित्र आफ्नो जिम्मेवारीको काम सम्पन्न हुने बताए ।
उपभोक्ता समितिमार्फत् रानीपोखरीको पिँध र वरिवरीको क्षेत्रमा पर्खाल लगाउने कार्य अन्तिम चरणमा पुगेको छ ।  

 

४ बर्ष अगाडि

प्रतिक्रिया