सागका विजेतालाई पुरस्कार कहिले ?

४ बर्ष अगाडि

 

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा विभिन्न विषयमा सरकारको ध्यान आकर्षण गराएका छन । सांसद दीपा गुरुङले म्याग्दीको बेनीमा विद्यालयको सटरमा नै मदिरा बिक्री केन्द्र राखिएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कारवाहीको माग गरिन । सांसद दिलकुमारी रावलले चितवनमा २०५० सालका बाढीपीडित अझै समस्या रहेकाले तिनको व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन । 

सांसद प्रकाश पन्थले दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)का स्वर्णपदक विजेतालाई प्रधानमन्त्री स्वयंले घोषण गरेको पुरस्कार खेलाडीले हालसम्म नपाएकाले तिनले कहिले पुरस्कार पाउँछन् भनी प्रश्न गरे । 

सांसद भगवती न्यौपानेले बजारमा अत्यावश्यक वस्तुमा कालोबजारी गर्नेलाई कारवाही गर्न माग गरिन । 

४ बर्ष अगाडि

प्रतिक्रिया