युवा सङ्घ कैलालीमा पूर्णता

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल कैलालीले पूर्णता पाएको छ । जिल्ला कमिटी ८१ सदस्यीय बनाइएको छ भने १३ वटै स्थानीय तहका संयोजक तथा सहसंयोजकसमेतले पूर्णता पाएको जनाइएको छ । 

युवा सङ्घ नेपालका संयोजक राजेन्द्र बम र सहसंयोजक वसन्तसिंह कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार सर्वपक्षीय छलफल र सुझावबमोजिम जिल्ला कमिटी तथा स्थानीय तहको नेतृत्व चयन गरिएको हो । यस्तै धनगढी उपमहानगरपालिकाको संयोजकमा विष्णु केसी र सहसंयोजक दिनेश बम, गोदावरी नगरपालिकाको संयोजकमा विक्रम विष्ट र सहसंयोजक दुर्गा अधिकारी, गौरीगङ्गा नगरपालिकाको संयोजकमा डेविट कठायत र सहसंयोजक रवीन्द्र मल्ल, टीकापुर नगरपालिकाको संयोजकमा उमेश तुलाचन र सहसंयोजकमा छत्र कार्की, भजनी नगरपालिकाको संयोजकमा सुरेन्द्र जैशी र सहसंयोजकमा भरत चौलागाई तथा चुरे गाउँपालिकाको संयोजकमा राम भाट सहसंयोजकमा प्रकाश सोव चयन भएका छन् ।

त्यसैगरी घोडाघोडी नगरपालिकाको संयोजकमा होम तामाङ र सहसंयोजक सन्तोष चौधरी, बर्दगोरिया गाउँपालिकको संयोजकमा कमल सुनार र सहसंयोजकमा रामचन्द्र कठरिया, लम्की चुहा नगरपालिकाको संयोजकमा सन्तोष ओली र सहसंयोजकमा केशव शर्मा, जानकी गाउँपालिकाको संयोजकमा प्रेमराज भाट र सहसंयोजकमा सञ्जय चौधरी, कैलारी गाउँपालिकाको संयोजकमा प्रकाश चौधरी र सहसंयोजकमा सञ्जय चौधरी, मोहन्याल गाउँपालिकाको संयोजकमा दिनेश बुढामगर र सहसंयोजकमा गणेश बमलाई चयन गरिएको राष्ट्रिय युवा सङ्घ नेपाल कैलालीका संयोजक बमले जानकारी दिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया