कोरोना प्रभाव नेपाली फिल्म बजारमा पनि देखिएको छ । कोरोनाको प्रभावले गर्दा रिलिज हुन लागेका चलचित्रहरुले धमाधम चलचित्रको रिलिज मिति पोष्टपोड गरेका छन ।
चैत्र ७ गते रिलिज हुने भनिएको चलचित्र ‘निरफूल’को रिलिज मिति स्थगित भैसकेको छ । शिवहरि पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रमा दीलिप रायमाझी, प्रियंका कार्की, किरण केसी, वर्षा सिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
यस्तै, चैत्रको २१ गते रिलिज हुने भनिएको चलचित्र ‘लक्का जवान’ पनि प्रर्दशन नहुने भएको छ ।
यस्तै अर्का चलचित्र ‘प्रेमगीत ३’ चैत्र २९ गते रिलिज हुने भनिएकोमा त्यसको पनि रिलिज मिति सरेको छ ।
नयाँ बर्षको छेकोमा रिलिज हुने चलचित्रले कमाई राम्रो गर्न गरेका छन् । तर यसपटक भने कमाउने महिनामा नै चलचित्र रिलिज नहुँदा निर्माता तथा हल संचालकहरुलाई ठुलो मर्का परेको छ ।
प्रतिक्रिया