चीनले दियो विश्वलाई चक्मा, मरुभूमिदेखि जहाँसुकै सौर्यऊर्जा

५ बर्ष अगाडि


हाल चीनले विश्वका अरु देशको तुलनामा बढी सौर्य ऊर्जा उत्पादन गरिरहेको छ । एक तथ्याङ्क अनुसार चीनले हाल १३० गीगावाट(१,३०,००० मेगावाट) सौर्य ऊर्जा उत्पादन गरिरहेको छ । 
चीनले संसारकै सबैभन्दा ठूलो सोलार प्लान्ट फर्म तेन्गर मरुभूमिमा बनाएको छ । यसको बिजुली उत्पादन क्षमता १५०० मेगावाट रहेको छ । 
उता तिब्बतको पठारमा बनाइएको ८५० मेगावाटको अर्को सौर्य फर्ममा ४० लाख सोलार प्यानल लगाइएको छ । बजार अनुसन्धान संस्था ब्लूमबर्ग न्यू एनर्जी फाइनन्समा कार्यरत यवोन लियुका अनुसार चीन सौर्य प्यानल बनाउने देशहरुमा संसारको सबैभन्दा अब्बल देश हो । 
इन्टरनेशनल इनर्जी एजेन्सी (आईईए)को तथ्याङ्क अनुसार संसारमा हाल बनिरहेको कुल सोलार प्यानलको ६०% हिस्सा चीनले निर्माण गरिरहेको छ । 
प्रदूषण कम गर्न सोलार प्यानल
यी सुधारको बाबजुद चीनले अहिले पनि आफूले उपभोग गर्ने बिजुलीको दुई तिहाई हिस्सा कोइलामा आधारित संयन्त्रबाट निर्माण गर्छ । कोइला बिजुली निर्माणको सबैभन्दा प्रदूषित माध्यम हो । यही कारणले राजधानी बेइजिङसमेत औद्योगिक सहरहरुमा वायु प्रदूषण एक भंयकर समस्या बनेको छ । चिनियाँ सरकारले वायु प्रदूषणप्रति गम्भीर कदम चालिरहेको छ । यस उद्देश्यको लागि कोइलाको खपत घटाउने उसको प्रमुख प्राथमिकता रहेको छ । उत्तर र पश्चिमोत्तर चीनमा सूर्यको प्रकाश भरपूर छ । यही कारण कयैन ठूला ऊर्जा फर्महरु त्यही क्षेत्रमा बनाइएको छ । फेरि चीनको बहूसङ्ख्यक जनसङ्ख्या पूर्वी भागमा भएकाले यो क्षेत्रमा अत्यन्त कम घनत्व रहेको छ ।
चीनको पूर्वी क्षेत्रमा देशको ९४ प्रतिशत र पश्चिमी क्षेत्रमा मात्र ६ प्रतिशत मानिसहरु बस्छन् । आईईएको विश्लेषणमा चीनले हाल गरिरहेको सौर्य ऊर्जाको प्रगति हेर्दा उसले सन् २०२० को लागि लिएको लक्ष्य त्यसभन्दा पहिलैनै हासिल गर्ने देखिन्छ । चीनले आफ्नो सोलार फर्महरु राजनीतिक रुपमा अशान्त इलाकाहरुमा पनि बनाएको छ । 
विज्ञहरुले यो क्षेत्रमा फर्म बनाउने उद्देश्य राजनीतिक रहेको आरोप लगाएका छन् । सरकारले यो क्षेत्रमा ठूलो रोजगारी प्रदायक सोलार ऊजा परियोजना निर्माण गरेर चिनियाँ मुल जाती हानलाई उक्त ठाउँमा बसाउन चाहेको आरोप लाग्ने गरेको छ ।
तर यी सुदूर स्थानमा सोलार प्लान्ट निर्माण गर्नुको बेफाइदा पनि रहेको छ । बस्तीबाट टाढा रहेको सौर्य प्लान्टबाट हजारौं किमी लामो टाढा प्रशारण लाइनमार्फत बिजुली लानु पर्ने भएकाले कयैन बिजुली नष्ट हुने गरेको छ । 
चाइना इलेक्ट्रिसिटी काउन्सिलले दिएको जनाकारी अनुसार यो वर्षको पहिलो ६ महिनामा सौर्य उर्जाको १४.७ प्रतिशतमात्र उपभोग आउन सक्नुमा मुख्य यही कारण रह्यो । यसको अतिरिक्त मौसमले पनि उत्पादनमा नकारात्मक असर गर्यो ।  

यो वर्षको मेमा चिनियाँ सरकारले ठूला सौर्य परियोजनामा पहिला दिँदै आएको अनुदान बन्द ग¥यो । यो कदमले गर्दा भावी दिनमा सौर्य ऊर्जा परियोजनाको लागत बढ्ने देखिन्छ । 
वर्तमान अवस्थामा रिन्युयबल इनर्जी फण्ड १५ अर्ब डलर घाटामा चलिरहेको छ । अघिल्लो वर्ष ५३ गिगावाट क्षमताको प्रोजेक्ट निर्माण गरिएकोमा यो वर्ष ३५ गिगावाटको परियोजना निर्माण हुनेछ । यसले पनि अनुदान कटौतीको असर अनुमान गर्न सकिन्छ । 
तर, स्वच्छ उर्जाको यो स्रोतको क्षेत्रमा केही सकारात्मक संकेत भविष्यमा देखिन्छ । पछिल्ला वर्षहरुमा चीनले निर्माण गरिरहेका ठूला सौर्य परियोजनाहरुले गर्दा त्यहाँ ठूलो स्तरमा सौर्य प्यानल निर्माण भइरहेका छन् । 
साथै सौर्य प्यानल निर्माणमा किफायती नयाँ आविष्कारहरु भइरहेको छ । यीन दुई कारणले गर्दा सौर्य प्यानलको मूल्यमा उलेख्य गिरावट आएको छ । यो ट्रेण्ड अझै जारी रहेकाले केही वर्षभित्र अनुदान बिना पनि सौर्यफर्म निर्माण फाइदाजनक हुने देखिन्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया