हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

४ बर्ष अगाडि

वाग्मती प्रदेश सरकारले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान बसेको  विशेष  मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । 

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सङ्घीय सरकारले गरेको निर्णयलाई कार्यान्वयनमा उतार्न  तथा प्रदेश सरकारका नयाँ योजना बनाउन सो बैठक बसेको जनाइएको छ ।  मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको सो  बैठकमा आपत्कालीन स्थितिमा परिचालन गर्न  आवश्यक जनशक्ति तथा  सामग्रीको तयारी अवस्थाका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । बैठकमा प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रतिकार्यको लागि मातहतका निकाय तयार रहेको जानकारी दिएको उनले बताए ।  

आज नै प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको समेत बैठक बस्ने र  कोरोना भाइरससँग सम्बन्धित रहेर ठोस योजना बनाइने कार्यक्रम रहेको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया