कारोबारको अन्तिम समयसम्म आइपुग्दा १३ अंकले बढे्यो नेप्से

४ बर्ष अगाडि

आज कारोबारको सुरुवातिमा घटेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा १३.५० अंकले बढेको छ ।

११ बजे १२५५.०६ को बिन्दुमा रहेको नेप्से १.०८ प्रतिशतले बढेर अन्तिम समयसम्म आइपुग्दा १२६९.३० को बिन्दुमा पुगेको छ । 

आज दिनभरीमा १७३ कम्पनीको ५१ लाख ६ हजार कित्ता शेयर १८ हजार ७ सय ९२ पटक खरिद बिक्री हँुदा १ अर्ब ९० करोड ३१ लाख बराबरको करोबार भएको छ ।

कारोबारमा रहेका १२  उपसमुहमध्ये ५ उपसमुह घटेका छन् जसमध्ये फाइनान्स सबैभन्दा बढी  १.०२ प्रतिशतले घटेको छ ।

त्यस्तै ३१ करोड ३३ लाख बराबरको कारोबार गर्दै हिमालयन डिस्टिलरी लिमिटेड उच्च स्थान रहेको छ । भने नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड ११ करोड ३१ लाख बराबरको कारोबार गर्दै दोस्रो स्थानमा छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया