‘चपली हाईट ३’ मा बोल्ड सुपुष्पा

४ बर्ष अगाडि

- काठमाडौं 

अभिनेत्री सुपुष्पा भट्टको बोल्ड तथा कामूक तस्विरहरु सार्वजनिक भएका छन् । फिल्म ‘चपली हाइट ३’को प्रचारका लागि निर्माण युनिटले उक्त तस्विर बाहिर ल्याएको हो । 

फिल्मको हाइप बढाउन बाहिर ल्याइएको तस्बिरमा अभिनेत्री सुपुष्पाले स्विमिङ पुलमा पोज दिएकी छन् ।

सुपुष्पा फिल्म ‘रणवीर’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले ‘६ मायाँ छपक्कै’मा पनि काम गरेकी थिइन् । ‘चपली हाईट ३’ उनको तेस्रो फिल्म हो । यो फिल्मका लागि उनले केही बोल्ड दृश्य समेत दिएको बुझिएको छ ।

चैत २८ बाट प्रदर्शनमा आउने बताइएको फिल्मको रिलिज अहिलेलाई स्थगित भएको छ । सरकारले आगामी बैशाख १८ सम्म चलचित्र घर बन्द गर्ने निर्णय गरेको कारण फिल्मको रिलिज स्थगित गरिएको निर्माता अर्जुन कुमारले जानकारी दिए ।

निकेश खड्काद्धारा निर्देशित फिल्म ‘चपली हाईट ३’ मा सुपुष्पासाथै स्वस्तिमा खड्का, आमिर गौतम, महेश त्रिपाठीको अभिनय रहेको छ ।     ।

४ बर्ष अगाडि

प्रतिक्रिया