मोवाइल रिचार्ज गर्दा सकेसम्म विद्युतीय माध्यबाट गर्नुस : टेलिकम

४ बर्ष अगाडि

नेपाल टेलिकमले आफ्ना सेवाको बिल तिर्न तथा आफ्ना सेवाहरुको महशुल भुक्तानी तथा रिचार्जका लागि सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्न आह्वान गरेको छ । 

नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट हुनसक्ने सम्भावित संक्रमण तथा बच्नका लागि विद्युतीय माध्यमबाट सेवा उपभोग गर्न आग्रह गरेको हो । 

महामारीको रुपमा विश्वभर फैलिइरहेको कोरोना भाइरसबाट नेपाल पनि संक्रमणको उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनले प्रक्षेपण गरेको छ । 

त्यसैले सम्भावित संक्रमण र त्यसबाट सुरक्षित रहन तथा संक्रमण नियन्त्रणको लागि गरिने प्रयासका क्रममा आउन सक्ने जुनसुकै परिस्थितिमा पनि नेपाल टेलिकमले आफ्नो सेवा चुस्त दुरुस्त राख्न सबै प्रयत्नहरु जारी राख्ने जनाएको छ । 

टेलिकमले ग्राहकवर्गलाई स्वस्थ र सुरक्षित रही कम्पनीका भ्वाइस, एसएमएस, डाटा÷इन्टरनेट आदि सेवाहरु उपयोग गर्न अनुरोध गरेको छ । 
 
कोरोबाटबाट बच्ने उपायहरुका बारेमा जनचेतना फैलाउन कम्पनीले आजबाट आफ्नो जीएसएम मोबाइल नम्बरमा रिङ व्याक टोन बज्ने ब्यवस्था गरेको छ । 

सो अनुसार स्वदेश वा विदेशका जुनसुकै नम्बरबाट नेपाल टेलिकमको जीएसएम मोबाइल नम्बरमा कल गर्दा ग्राहकले कल नउठाउँदासम्म कल गर्ने व्यक्तिले कोरोना भाइरसबाट हुने संक्रमणका लक्षण, भाइरसबाट बच्ने उपाय आदि जानकारी निःशुल्क रुपमा सुन्न सकिने छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया