शेयर बजारमा तिव्र रुपमा गिरावट , कारोबार  रकम पनि घट्दैँ

४ बर्ष अगाडि

काठमाडौं –गत हप्ता देखी लगातार रुपमा घटेको  नेपाली शेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो हप्ता पनि सोही मात्रामा घटेको छ । 

गत हप्ता १९६.४७अंकले घटेको नेप्से यो हप्ता पनि १०७.८८ अंकले घटेको छ ।

आइतबार १४३५.७० विन्दुबाट नेप्से कारोबार सुरु भएको थियो । तर, कारोबारको अन्तिम दिन बिहीबारसम्म आउँदा त्यो परिसुचक ७.८३ प्रतिशतले घटेर  १२६९.३० विन्दुमा सिमित भएको छ । 

 कोरोनाको प्रभावले गर्दा यो हप्ता शेयर बजार घटेको हो ।
यो हप्ता रू। ८ अर्ब २६ करोड ९५ लाखको शेयर कारोबार भएको छ । २ करोड २७ लाख १९ हजार १२२ कित्ताको ९३ हजार १२१ पटक कारोबार भएको छ । यो हप्ता  कुल १८६ कम्पनीको शेयर कारोबार भएको हो। नेप्सेका अनुसार यो हप्ता औषतमा दैनिक १अर्ब ६५ करोड भन्दा बढीको कारोबार भएको देखन्छ । गत हप्ता १६ अर्ब भन्दा बढीको शेयर कारोबार भएको थियो । यो हप्ता बैकिङ, होटल, उर्जा लगायतका अधिकांश क्षेत्रका कम्पनीहरुको शेयर मुल्य बढेको  छ । 

कारोबार भएका सबै कम्पनीका सुचक घटेको अवस्था पनि थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया