जरूरी परेकाे बेला टेलिकममा समस्या, न ब्यालेन्स थाहा हुन्छ न प्याक लिन सकिन्छ

४ बर्ष अगाडि

नेपाल टेलिकमका जीएसएम माेवाइल सेवामा समस्या उत्पन्न भएको छ । 

शनिबार बिहानैदेखि रिचार्ज गर्ने, ब्यालेन्स चेक गर्ने, डाटा तथा अडियो प्याक लिन नमिल्ने समस्या देखिएको हो । 

सेवाग्राहीलाई जरुरी परेको समयमा समस्या उत्पन्न हुने यो टेलिकमको पहिलादेखिकै रोग हाे ।

देशमा सेवाग्राहीलाई टेलिफोन तथा मोवाइल सेवाको प्रयोग जतिबेला अनिवार्य हुन्छ सोही समयमा विभिन्न अबरोध उत्पन्न गराएर टेलिकमका कर्मचारीले अन्य नीजि सेवा प्रदायकबाट चर्को कमिसन असुल्ने गरेको आरोप जानकारहरूकाे आरोप छ ।  

काेराेना भाइरसकाे जाेखिमबाट बच्नका लागि अहिले भ्वाईस तथा डाटा प्याक लिएर आफन्तलाई फोन गर्ने, सचेत गराउने, जानकारी आदान प्रदान गर्ने समयमा समस्या सिर्जना भएपछि मर्कामा परेकाे उपभोक्ताकाे गुनासाे छ ।

भाइरसकाे जाेखिमबाट बच्नका लागि सबै कारोबार विद्युतीय माध्यमबाट गर्न भन्दै सूचना जारी गरेको पर्सिपल्ट नै सेवामा समस्या उत्पन्न भएकाे हाे ।  

टेलिकमका प्रवक्ता राजेश जाेशीले समस्याकाे बारेमा जानकारी नआईसकेकोले बुझेर तत्काल समस्या समाधान गर्ने बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया