संकटको बेला निःशुल्क डाटा उपलब्ध गराउन सुझाव

४ बर्ष अगाडि

कोरोना संकट अवधिभरि नेपाल टेलिकम र एनसेल मार्फत डाटा निःशुल्क गर्न सर्वोच्व अदालतका एकजना अधिवक्ताले सरकारलाई सुझाव दिएका छन् ।  

अधिवक्ता तथा कानून अनुसन्धानकर्ता अमृत खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो सुझाव दिएका हुन् । 

आम नेपाली नागरिकलाई निर्वाध इन्टरनेट सेवा उपलब्ध गराएमा घरमै बसेर पढ्न, जानकारी लिन तथा समस्या भएमा सहकार्य गर्न पाउने उनको तर्क छ । 

जसले गर्दा जनताहरुलाई काममा सजिलो हुनुका साथै हतोत्साहि नहुने समेत उनको भनाई छ । ‘अझ विदेशमा रहेका नेपाली नेपाल आउन नपाएकोहरूले लाइभ कुरा गर्न भए पनि अवसर पाउँदा परिवार र विदेशिएका व्यक्ति हतोत्साहित पनि हुन पाउनेछैनन्’, उनले लेखेका छन् ‘विभिन्न युनिभर्सिटी, प्रकाशक र जर्नलका बेभसाइटले सामाग्री डाउनलोड निःशुल्क गर्न अवसर दिएको नेपाली नागरिकलाई लाभ लिनबाट सरकारले आर्थिक अभावका कारण वञ्चित नगरोस्।’

राज्यले संकटको बेला पनि नाफा कमाउन मात्र अत्यावश्यक सञ्चार सेवाको उपयोग नगरी जनतालाई सेवा दिनुपर्ने उनको भनाई छ । 

यस्ताे छ खरेलकाे सुझाव :

४ बर्ष अगाडि

प्रतिक्रिया