गुल्मी जान टिकट काटेका यात्रुलाई दोब्बर भाडा माग्दै थानकोटमै ओह्रालियाे

४ बर्ष अगाडि

काठमाडौंबाट गुल्मीका लागि टिकट काटेका यात्रुलाई कामना यातायातको डिलक्स बसले बिचबाटोमै ओह्रालेर अलपत्र पारेको छ ।

बिहीबारदेखि टिकट लिएर बसेका यात्रुसँग दोब्बर भाडा मागेको  लु २ ख ४१३२ नम्बरको बसका स्टाफले थप रकम नदिएपछि थानकोटमै ओह्रालेका हुन् ।

काठमाडौंमा कक्षा ११ र १२ मा पढ्ने गुल्मीको रेसुङ्गा नगरपालिकाका अभिषेक खनाल र सुमन मरासिनीले कामना यातायातको डिलक्स बसमा आजका लागि बिहीबार नै टिकट लिएका थिए । 

कलंकीबाट चढेका यात्रुले भाडाभन्दा  थप एक हजार धेरै रकम दिएपछि गाडी स्टाफले खनाल र मरासिनीलाई टिकट काटेको सिटमा बस्न दिएनन् । उनीहरुले आफूले टिकटमा उल्लेख भएको सिट पाउनुपर्ने माग गरेपछि गाडीस्टाफले सिटमा बस्न थप १ हजार तिर्नुपर्ने बताए ।

तर टिकट काट्दा नै पैसा तिरेकोले थप रकम नतिर्ने भनेपछि थानकोट पुगेर जबर्जस्ती ओरालेको मरासिनीकाे भनाइ छ । 

राती साढे ८ बजे थानकोटमा पुगेर अलपत्र पारेपछि उनीहरुले ट्राफिक प्रहरीसँग पनि गुनासो गरे ।

तर ट्राफिकले पनि वास्ता नगरेपछि उनीहरु ट्याक्सी खोजेर किर्तिपुर कोठामा फर्केको अभिषेकले बताए । 

सो डिलक्स बस पश्चिमाञ्चल यातायात व्यावसायी प्रालिका अध्यक्ष दधिराम खरेलको कम्पनीले सञ्चालन गरेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया