अन्ततः शेयर बजार खुल्ला, कारोबार सुरू

४ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरसको प्रकोपबाट बच्न आइतबारदेखि शेयर बजार बन्द गर्ने हल्ला गरिएतापनि अन्ततः शेयर बजार खुल्ला हुने भएको छ । साथै, यो साताको पहिलो दिनको कारोबार पनि सुरु भइसकेको छ ।
आइतबार बिहान शेयर बजार बन्द गर्न आग्रह गर्दै लगानीकर्ताहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यलय पुगेका थिए । तर, सरकारको स्पष्ट निर्देशन नआएको भन्दै नेप्सेले बजार खुल्ला गरेको हो ।
लगानीकर्ताहरू बजार बन्द गर्न माग गर्दै गत नेपाल धितोपत्र बोर्ड पनि पुगेको थिए । तर, बोर्डले गत हप्ता ब्रोक्रर कार्यलय भिडभाड नगर्ने, ब्रोक्ररमा नेप्सेको स्क्रीन बन्द गर्न लगायतका बिषयमा ५ बुँदे सुचना जारी गर्यो । बोर्डसँ विशेष परिस्थीतिमा एक हप्ता बजार बन्द गर्न पाउने अधिकार भएपनि गरिएन । यस बिषयमा  बोर्डका अध्यक्ष भिष्मराज ढुंगना अर्थ मन्त्रालयसम्म छलफल गर्न पुगेका थिए । तर, सरकारबाट त्यस बिषयमा स्पष्ट निर्णय आउन सकेको छैन । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया