मर्स्याड्दी नदीमा खस्दा तीन जनाकाे मृत्यु,  १० जनाभन्दा धेरै घाइते

४ बर्ष अगाडि

पोखराबाट नेपालगञ्जका लागि छुटेकाे बस तनहुँको आँबुखैरेनीमा दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ । 

ना ५ख ४२९४ नम्बरको बस  पृथ्वीराजमार्ग अन्तर्गत ऐनापहरा नजिक सडकबाट करिब एक सय मिटर मर्स्याड्दी नदीमा खस्दा १० जनाभन्दा धेरै घाइते भएका छन् ।

 ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले दिएकाे जानकारी अनुसार तीन जनाको शव भेटिएपनि सनाखत भने भएको छैन ।

समा के कति संख्यामा यात्रु सवार थिए भन्ने एकिन नभएपनि अहिलेसम्म १२ जना घाइतेको उद्धार भएको  र अन्यकाे उद्धार जारी रहेकाे उनले बताए । 

घाइतेहरुलाई उद्धर गर्दै  उपचारका लागि चितवनको भरतपुरतर्फ पठाउने तयारी भइरहेको गौलीले जानकारी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया