नेको इन्सुरेन्स कम्पनीको शेयर दाखिला खारेज बन्द

४ बर्ष अगाडि

नेको इन्सुरेन्स कम्पनी लिमिटेडले गत चैत्र ५ गतेको बीमा समितिको पत्रानुसार नगद लाभांश ८.४२ प्रतिशतमा केही शंसोधन भई ८.१६ प्रतिशत नगद लाभाशं (कर सहित) वितरण गर्नको लागि वित्तिय वितरण स्विकृत भई आएको छ ।

यस्तै गत चैत्र ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आउने वैशाख १ गते कम्पनीको २४ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।

त्यस्तै साधारण सभा प्रयोजनाका लागी यही चैत्र २४ गते देखि साधारण सभा नभएसम्मका लागी शेयरधनी दाखिला खारेज बन्द गरेको जानकारी गराएको छ ।

उक्त साधारण सभा वितरण अनुसार नगद लाभाशं ८.१६ प्रतिशत (कर सहित) रु १० करोड ७४ लाख ७४ हजार ७ सय रहेको छ । जसमध्ये ५३ लाख ७३ हजार ७ सय ३५ लाभाशं कर रहेको छ ।

हालसम्म चुत्ता भएको पुजीँ १ अर्ब ३१ करोड ७४ लाख ३१ हजार ८ सय ८ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया